लमजुङ प्रहरीद्वारा मोटरसाइकल चोरीमा संलग्न दुई युवक पक्राउ



लमजुङ। 
लमजुङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुईजना युवकलाई पक्राउ गरेको छ ।सोमबार बेशिसहरबाट मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्रउ पर्नेमा मर्स्याङदी गाउँपालिका ३ बस्ने वर्ष १९ को सुजन तामाङ र क्व्होलासोथार गाउँपालिका २ बस्ने वर्ष १९ को पूर्ण बहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईका अनुसार लु १८ प ९३४७ नम्वरको २२० सीसी पल्सर मोटरसाईकलमा सवार २ जना माथि शंका लागि बेसीशहर ८ क्याम्पस रोडमा डिउटिमा खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकल रोक्न प्रयास गर्दा उनीहरु मोटरसाईकल छोडि भागेका  सूचना अधिकारी चपाईले बताए ।  प्रहरीले उनीहरुको पिछा गरी  नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा मर्स्याङदी गाउँपालिका ९ स्थित मोटरसाईकल वर्कशपबाट चोरी गरी ल्याएको मौखिक रुपमा स्वीकार गरेको हुँदा निजहरुलाई पक्राउ गरिएको हो ।

निजहरूमाथि सोमबार नै लमजुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान  भइरहेको प्रहरी निरीक्षक चपाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्