दुई लाख जनामा एचआइभी परीक्षण गर्दा १५ सयभन्दा बढीमा संक्रमण पुष्टि

16.83k
Shares

काठमाडौं ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको छ।

यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो। सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमितलाई एण्टी रेट्रो भाइरल ट्रिटिमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ।

गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रमा आवद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।