नारायणगढ–मुग्लिङ सडकमा पहिरो खस्दा एक जनाको मृत्यु

8.55k
Shares

मुग्लिङ ।

नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको छ। सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको  मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो।  पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने । अहिले सडक भने सञ्चालनमा आएको छ ।