एसईई फुटसल आजदेखि

376
Shares

काठमाडौं ।

भ्याली पब्लिक स्कुलको आयोजनामा प्रथम भ्याली पब्लिक एसईई कप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ। प्रतियोगितामा १८ ब्वाइज टिमको सहभागिता रहने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ। तीनदिने प्रतियोगिताका खेलहरु भंगालस्थित भ्याली पब्लिकको आफ्नै फुटसल कोर्टमा खेलाइने छ।