रामेछापमा एक जना मृत फेला

13.35k
Shares

काठमाडौं ।

रामेछाप, गोकुलगंगा गाउँपालिका-२ ठोसेस्थित खिम्ती खोलामा दोलखा जिरी नगरपालिका-२ बस्ने ५५ वर्षीय कुल बहादुर विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठोसेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

इलाम, रोङ गाउँपालिका-६ अमले कुइना मेची किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।