हिमाली र बुढीगंगा स्थानीय सरकारको असल अभ्यास



दयाराम पण्डित

मानव सूचकांकमा देशकै ७७ औं स्थानमा पर्ने बाजुराले विकासको गति लिन थालेको छ। स्थानीयस्तरमा विकासका सम्भावनालाई मध्यनजर गर्दै वार्षिक नीति तथा कार्यक्रम तय गरी स्थानीय तहले असल अभ्यास गर्दै आएका छन्। विशेषगरी, राज्यका तीन तहका सरकारमध्ये नागरिकको नजिकको सरकार भनिने स्थानीय तहबाट गरिने विकास गतिविधिले नै बढी प्रभाव पारेको देखिन्छ।

बाजुराको विकासका मुख्य आधार सडकसञ्जाल, आधुनिक खेती प्रणाली, (नगदेबाली जडीबुटी,फलफूल, तरकारी) शिक्षा स्वास्थ्य र सञ्चारलाई नै मान्न सकिन्छ । राज्य पुनर्संरचनापछि बाजुराका नौवटा स्थानीय तहले गरेका असल अभ्यासमध्ये केही प्रतिनिधिमूलक स्थानी तहबाट गरिएका प्रभावकारी कामले बाजुरेली नागरिकले विकासको ढोका खुलेको महसुस गर्न थालेका छन् ।

बाजुराकै सर्वाधिक विकट भनेर चिनिने जिल्लाको कुल भूभागको करिब २६ प्रतिशत भूभाग ओगटेको हिमाली गाउँपालिकाले विकासको गति चुम्न लागेको आभाष नागरिकले गरेका छन् । हिमाली गाउँपालिकाले पछल्लो समयमा विकासको बाटोमा लम्कदै छ भन्ने शुभ संकेत देखा पर्न थालेका छन् । साविकका रुगिन र बिच्छ्यां गाविसले २०७४ सालयता विकासमा निक्कै फड्को मारेको हिमाली गाउँपालिकाको नेतृत्वमा दोस्रो पटक पनि जित हांसिल पारेका अध्यक्ष गोविन्दबहादुर मल्ल बताउनुुन्छ । विगतको विकास संरचना र स्थानीय सरकारपछिका विकास निर्माण हेर्दा हिमाली गाउँपालिका निक्कै सुदृढ भएको अध्यक्ष मल्लको भनाइ छ।

विगत सात वर्षयता लागू गरिएको खाद्य सुरक्षका लागि वृक्षरोपण कार्यक्रम निक्कै प्रभावकारी बनेको छ। स्याउ ओखर कागतीलगायत ३३५०० बोट हुर्काएर अहिले फल्न थालिसकेका छन्। एक बोट रोपेबापत पाँच केजी चामल, चार बोट रोपेबापत प्रतिव्यक्ति २० केजी चामल दिइन्छ। बोट हुर्कँदासम्म चामल खान्छन् । फल्न थालेपछि त्यसैबाट आयआर्जन गर्छन्। फल पनि फल्यो वातावरण पनि अहरियाली भयो ।

त्यसैगरी, जिल्लामै पहिलोपटक विद्यालयमा गुणस्तरीय शिक्षा र शैक्षिक सुधारका लागि ६ देखि आठ कक्षासम्म अंग्रेजी गणित शिक्षणका लागि गाउँपालिका स्वयंसेवक शिक्षक तथा मावि तहको दरबन्दीअनुसार शिक्षक न्युक्ति, पालिकाका सबै विद्यालयलाई तीन कक्षादेखि तलका विद्यार्थीलाई फ्लोर सिस्टम कार्पेट र फर्मको व्यस्था, माथिल्लो कक्षाका लागि उपयुक्त बेन्च टेबलको व्यवस्था, विगत चार वर्षयता समयमै पाठ्यपुस्तक विद्यार्थीका हातहातमा पुु¥याएर असल अभ्यास थालनी गरेको छ ।

साविकको रुगिन बिच्छ्याँ गाविसमा दुुईवटा मात्र स्वास्थ्यचौकी थिए भने हिमाली गाउँपालिका बनेपछि हाल १३ वटा स्वास्थ्यचौकी छन् । सुत्केरी गर्भिणी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र अन्य विबामीका लागि तेल खर्च बिरामीको र एम्बुलेन्स पालिकाले उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा पनि पहुँच पगेको छ । झरो लोस्टा दियालोको भरमा रात बिताउने रुगिन बिच्छ्याँमा अहिले ४ ,५ , ६ र ७ नं वडा बिजुलीबत्तीको पहुँचमा छन् भने १, २ र ३ वडामा कादरीनामक संस्था र हिमाली गाउँपालकाको आवश्यक सहयोग विद्युत् उत्पादन प्रक्रिया अगाडि बढेर एक वर्षभित्र उज्यालो हिमाली बनाउने लक्ष्य रहेको हिमालीका अध्यक्ष मल्लले बताउनुुभयो ।

हिमालीका वडा न. ४, ५, ६ र ७ का टोलटोलमा सडक सञ्जाल पहुुँच पुुगेको छ भने १, २,र ३ नम्बर वडामा आगमी वर्षभित्र सडक सञ्जाल जोड्ने कार्ययोजनासहित काम तीव्र गतिमा भइरहेको छ । ९९ प्रतितशत घरपरिवारमा खानेपानीको पहुँच छ । कृषि क्षेत्रमा बृहत लगानी गरिएको छ । धुलाचौरमा दुई करोड रुपियाँको लागानीमा कोल्डस्टोर निर्माण गरी हिमालीमा फलेको अर्गानिक फलफूल तथा तरकारीलाई बेमौसमी तरकारी तथा फलफूल बिक्री गर्न सहज भएको छ । गाउँगाउँमा साना उद्योग सञ्चालन छन् । यसै आर्थिक वर्षमा पाँच हजार कागती बोट रोपिएका छन् । भने स्थानीय रैथाने बालीको प्रवद्र्धन गरिँदै छ पालिकासंग आफ्नै नौ प्रशासकीय भवन र धरलाचौर पिलुचौर कर्णली नदीमा ¥याफ्टिङ सुविधार र रानीसैन अपरकार्णली महोत्सवले रानीसैन पर्यटन पवद्र्धनमा टेवा पुगेको छ । समग्रमा समृद्धिको यात्रामा हिमाली गाउँपालिकाभन्दा फरक नपर्ला ।

त्यसैगरी, जिल्लाका अन्य पालिकाको तुलनामा बुढीगंगा नगरपालिका उर्वभूमिका रूपमा चिनिन्छ । शिक्षा, स्वास्थ्य, खाद्यन्न र सडक सञ्जालमा अन्य पालिकाको तुलना उल्लेखनीय विकास भएको पाइन्छ । साविकका तीन गाविस बाह्रबिस, कुल्देवमाडौं र ब्रमतोला मिलाएर बुढीगंगा नगरपालिका कायम गरिएको हो । विगतको तुलनामा पालिकाले नागरिक हित र सेवा सुविधामा असल प्रयासका काम थालनी गरेको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको भनाइ छ । पालिकाले सामाजिक सुरक्षा भत्ता बैंकलेस प्राणली इएफटीमार्फत् घरघरमा पुुगेर व्यक्ति व्यक्तिको हातमा दिँदै आएको छ । तीन ठूला सडक योजनाअन्तर्गत बेतालमाडौं त्रिशक्ति, जुवापानी, बाम्का नगरपालिका डेल्टा हुँदै आटिचौर सडक र ताप्रिसेरा पुरानो गाविस डुंग्री, नडंगा, कुंडी ग्रामीण सडक पक्की बनाइँदैछ । जसका लागि तीस कारोड विनयोजन गरेको नगरप्रमुख बनियाँले जानकारी दिनुुभयो ।

ब्रतोलामा राष्ट्रि«यस्तरको खेलमैदान बनाइएको छ । सिप विकास तथा प्रशिक्षण केन्द्रबाट वार्षिक दुई सय जनालाई सिप सिकाएर पचास जना युवालाई रोजगार बनाइएको बताइएको छ । बुढीगंगा नगरपािलकाको प्रशासनिक भवनलगायत वडा नं ७ बाहेक अन्य ९ वडाका वडा कार्यालय प्रशासनिक भवन निर्माण गरी सेवा सुचार गरिएका छन् ।

वडास्तरीय मेलमिलाप केन्द्र सथापना गरी महिला,बाल हिंसा कुरीतिजन्य घटना न्यूनीकरण भएका छन् । शिक्षा क्षेत्रमा शिक्षण सिकाइ उपलब्धिका आधारमा १२ वटा विद्यालयको तह घटाइको छ भने एक विद्यालय मर्ज गरिएको छ । विगतको ८ प्रतिशत सिकाइ उपलब्धिबाट १८ प्रतिशत पुु¥याइएको छ । नागरिकलाई स्वास्थ्य सुविधा पुु¥याउन चार ठाउँमा टेलिमेडिसिन सेवा सुचारु गरिएको छ । समग्रमा पाँच वर्षमा पचास वटा काम गरी पाँच वर्षमा परिणाम ल्याउने गरी बुढीगंगा नगरपालिका लागि परेको मेयर बानियाँको कथन छ ।

जिल्लाका नौ वटा पालिकामा पहिलो प्राथमिकता सडक सञ्जाल रहेको छ । कृषि पर्यटन जडिबुटी र शिक्षा क्षेत्रमा असल अभ्यास गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्