ललितपुर फेस्टिभ क्लाईम्बिड अन्तर्गत वाल क्लाईम्बिड प्रतियोगिता सम्पन्न



काठमाडौं ।

सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिड शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो ।

ललितपुर महानगरपालिकाको १००औं स्थापना दिवशको गौरबशाली योजना र कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकाले विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई ललितपुरको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखरमा फराउने दायित्व सहित आर्थिक सहयोग गरेको थियो ।

सोहि क्रममा विश्वकितिमानी सगरमाथा आरोही कल्पना महर्जनले सफलता पूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथा फ¥याएको सम्झनामा साथै विश्व सगरमाथा दिवश मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नं.२६ को बालअधिकार समितले आफ्नो बालबालिकाहरुलाई स्पोर्टस क्लाइम्बिड खेल अन्र्तगत परिचायात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

धुम्बाराहिमा रहेको पासाड ल्हामु क्लाइम्बिड सेन्टरमा बाल बालिकाले वाल क्लाइम्बिड गरेर सगरमाथा दिवश मनाएका छन् । ललितपुर क्लाइबिड फेस्टिफको नाममा विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नं. २६ बाल अधिकार समिति महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले एक एक जना केटा र केटी गरेर महालक्ष्मी नगरपालिका अन्तर्गत प्रत्येक सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई १ दिने परिचायात्मक क्लाइम्बिड कार्यक्रमको समते आयोजना गरेको थियो ।

र गोदावरी नगरपालिका वडा नं.८ गणेश मावि स्कुल ब्यवस्थापन समिती लगायतले फरक फरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवश मनाइरहेको छ । सगरमाथा दिवस मनाउने क्रममा आज ललितपुर क्लाइम्बिड। प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोदावरी नगरपालिकाको वडा नं.८ अवस्थित गणेश मावि का विद्यार्थीहरु बिचमा भएको थियो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो ।

यस प्रतियोगितामा केटा समूह बाट प्रथम स्थान दिपेश दनुवा, दोस्रो स्थानमा अरुण दनुवार र तेस्रो स्थानमा दिपेन्द्र दनुवार हुन सफल भएको छ । त्यसै गरी केटी तर्फबाट प्रथम स्थान सनशीला तामाड।, दोस्रोमा सरिता९इन्द्र० दनुवार र तेस्रो स्थानमा मरियम ठोक्कर हुन सफल भएको छ।

विजेताहरुलाई क्यास प्राइज, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोेहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा आजको दिन फराउन सफल भएको थियो । सोही दिनको सम्झनामा यो प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्