बुद्ध जयन्तीले राष्ट्रिय एकता मजबुत बनाउन प्रेरित गरोस् : सभामुख

140
Shares

काठमाडौं ।

सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन्।

दुई हजार पाँच सय ६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा आज पनि बुद्धका उपदेशहरू प्रासङ्गिक रहेका तथा अहिंसा नै शान्ति र मैत्रीका आधारशिला भएको बताएका छन्।

अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचारप्रसार गर्नसके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुने विश्वास पनि उनले सन्देशमा व्यक्त गरे।