सिरोहियालाई ३ दिन हिरासतमा राख्न

2.2k
Shares

जनकपुरधाम ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत धनुषाले नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।