यूएईमा ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग’ सांगितिक कार्यक्रम



काठमाडौं ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेस सँग” शीर्षकमा भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए। टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठुलो सहयोग पुर्‍याएको बताए।

कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरूको कमाइलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए। साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनि उनले व्यक्त गरे।

साङ्गीतिक कार्यक्रमले क्लबलाई उल्लासमय बनाएको थियो। नेपालका प्रसिद्ध कलाकारहरूले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारे । चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए।

यस्तै, चर्चित आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो । लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका शान्ति श्री परियारले गीतमार्फत उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अञ्जलि अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन्।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन्। आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्