सितोरियो कराते डोजोको ग्रेडिङ सम्पन्न

994
Shares

काठमाडौं ।

दक्षिणकाली नगरपालिका ८ छैमलेस्थित भत्यरचौर सितोरियो कराँते डोजोको ग्रेडिङ कार्य सम्पन्न भएको छ। सो कार्यक्रममा ३२ खेलाडीलाई ग्रिन वेल्ट प्रदान गरिएको थियो। स्वास्थ्य लाभको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ वेल्ट ग्रेडिङ कार्यक्रम आयोजना गरिएको थियो।

यस्तै राष्ट्रिय प्रशिक्षक वीरकृष्ण साहीले खेलाडीले दैनिक प्रशिक्षणमा सहभागि भएर शारीरिक र मानसिक रुपमा स्वस्थ रही सफल खेलाडी बनिदिन आग्रह आग्रह गरेका थिए।

मुख्य प्रशिक्षक सुदीप आचार्यले भत्यचौर डोजोका अध्यक्ष कृष्णकुमार पौडेलले कार्यक्रममा सहयोग गरेकामा आभार व्यक्त गर्दै यस्तो प्रतियोगितालाई निरन्तर जारी राख्ने बताए।