सरकारले मिडियामाथि मात्र नभएर बेथितिविरुद्ध बोल्नेमाथि अंकुश लगाउन खोज्यो : इन्जा



काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको घटनाको नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले भर्त्सना गरेको छ।

सिरोहियालाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। सिरोहियाविरुद्धको हरकत प्रेसमाथिको प्रहार मात्र नभएर  प्रेस स्वतन्त्रता /लोकतन्त्रमाथिकै आक्रमण भएको इन्जाको ठहर छ।

सरकारले मिडियामाथि मात्र नभएर बेथितिविरुद्ध बोल्नेमाथि अंकुश लगाउन खोजेको भन्दै इन्जाले पूर्वाग्रह राखेर सिरोहियालाई पक्राउ गरिनु खेतजनक रहेको बताएको छ।

इन्जाका एसिया अध्यक्ष टंक पन्तले सेटिङका आधारमा प्रकाउ गरिएकाे बताए। ‘नागरिकता प्रतिलिपि लिन पाइन्छ दिने सरकारले नै हो यसरी पहिलेको नागरिकता हराएर वा ड्यामेज भयो भने प्रतिलिपि लिन पाइन्छ र सरकारले दिने गरेको छ त्यसरी लिने हजारौँ छन् अब यो सरकारले सबैलाई गिरफ्तार गर्छ ?’ उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्