संघियता खारेजी मुख्य एजेण्डा रहेको राप्रपाको संगठन विभाग प्रमुख प्रधानको भनाई



धादिङ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय संगठन विभागका प्रमुख तथा नेपाल प्रहरीका पूर्व प्रमुख धुव बहादुर प्रधानले राप्रपाको मुख्य एजेन्डा राजसंस्थाको पुन बहाली हिन्दु राष्ट्र कायम र संघियता खारेज रहेको बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले धादिङबेसीमा आयोजना गरेको जिल्ला स्तरीय राजनीतिक तथा नेतृत्व विकास प्रशिक्षणमा सम्बोधन गर्दै राजसंस्थाले राष्ट्रियताको पक्षमा काम गरेकोले यसको पुनर्वहाली गर्नुपर्ने बताउनु भएको हो ।

संघियता अन्तर्गत बिचको सरकारले काम गर्न नसकेको र अनियमितता मौलाएको भन्दै संगठन विभाग प्रमुख प्रधानले नेपालमा उत्पादन हुने बस्तुहरु निरुत्साहित गरी उद्योग कलकारखाना बन्द गरी अर्थतन्त्र र राष्ट्रियता धस्त पारेको आरोप लगाउनु भयो ।

पूर्व प्रहरी प्रमुख प्रधानले भारत भ्रमणमा आफू जाँदा भारतीय पक्षबाट नेपाललाई भारतको सुरक्षा घेरामा राखेको देखाएको अनुभव सुनाउँदै नेपाल फर्केपछि यो कुरा नेपाली नेतालाई बताएको र सो विषयबारे कसैले कुरा नसुनेको तितो यथार्थ बताउनुभयो ।

त्यसै गरी सोही समारोहलाई सम्बोधन गर्दै राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले संघियता पछि आएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै नेपालको हितको लागी राप्रपा आवश्यकता भएको बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले सवै पालिका, वडाहरूमा सचेतना मूलक प्रशिक्षण तथा राप्रपाको आन्दोलनको बारेमा जानकारी दिने उद्देश्ये प्रशिक्षण कार्यक्रम  सञ्चालन गर्ने पूर्व मन्त्री समेत रहेका तामाङले बताउनु भयो ।

राप्रपा धादिङका अध्यक्ष धुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद बिना तामाङ, राप्रपाका नेताहरू खुस्बु ओली, परशुराम तामाङ लगाएतका नेताहरू सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्