भत्यचौर सितोरियो कराँते डोजोको ग्रेडिङ सम्पन्न



काठमाडौँ । 

दक्षिणकाली नगरपालिका ८ छैमले स्थित भत्यरचौर सितोरियो कराँते डोजोको ग्रेडिङ सम्पन्न भएको  छ । दक्षिणकाली नगरपालिका–८का वडा अध्यक्ष  यसकुमार वाइवाको  प्रमुख अतिथ्यता  सम्पन्न कार्यक्रममा ३२ खेलाडीलाई ग्रिन वेल्ट प्रदान गरिएको थियो ।  स्वास्थ्य लाभको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ  वेल्ट ग्रेडिङ  कार्यक्रम आयोजना गरिएको थियो ।

 

  कार्यक्रममा प्रशिक्षक.सुदिप आचार्यले भत्यचौर सितोरियो कराँते डोजोले कराटे खेलाडीको क्षमता विकासको लागि विभिन्न कार्यक्रम आयोजना गरेको बताए । उनले ग्रामीण भेगमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न निरन्तर रुपमा प्रशिक्षण जारी राखेको बताए ।

वेल्ट प्रदान गर्न आयोजित कार्यक्रममा प्रमुख प्रशिक्षक आचार्य, सहायक प्रशिक्षकद्धय अनिल कर्माचार्य र श्रीकृष्ण आचार्यको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय प्रशिक्षक गुरु वीरकृष्ण शाहीलगायत  वेल्ट उत्तीर्ण भएका खेलाडीको अभिभावकको उपस्थिति रहेको थियो ।

 वडा अध्यक्ष वाईवाले भत्यरचौर सितोरियो कराँतेका लागि  आफू तन, मन धनले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । उनले गाउँमा कराँतेको  विकास गर्न जस्तोसुकै अवस्थामा आफू तयार रहेको  प्रतिबद्धता जनाए ।

 यस्तै कार्यक्रममा राष्ट्रिय कोच वीरकृष्ण साहीले खेलाडीले  दैनिक प्रशिक्षणमा सहभागी भएर  शारीरिक र  मानसिक रुपमा स्वस्थ रही सफल खेलाडी बनिदिन आग्रह आग्रह गरे ।
भत्यचौर  डोजोका अध्यक्ष कृष्ण कुमार पौडेलले कार्यक्रममा सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै यस्तो प्रतियोगितालाई निरन्तर जारी राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्