नेताहरुको घरको फोहोर नउठाउने बालेनको चेतावनी 



काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित दलका कार्याल र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।

काठमाडौं उपत्यकाको फोहोर ओसार्न प्रयोग हुने गाडीका ४ जना चालकलाई सरकारले पक्राउ गरेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

साहले भ्रष्टहरूलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

‘भ्रष्टहरूलाई समात्न सक्नु भएन, काठमाडौंको फोहोर बोक्ने गाडीका चारजना चालकलाई समात्नु भएछ,’ कान्स फिल्म फेस्टिभलमा भाग लिन अहिले पेरिसमा रहेका उनले फेसबुकमा लेखेका छन्, ‘जबसम्म ती चालकलाई स-सम्मान रिहा गरिन्न तबसम्म सिंहदरबार लगायत सबै दलका कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्