कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक



काठमाडौँ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय समिति र र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुनेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आइरहेको छ । तर, समिति बनाउन दुवै पक्ष तयार भए पनि सहमति भाँडिएपछि कांग्रेसले पार्टीको रणनीति बनाउन बैठक राखेको हो ।

प्रतिक्रिया दिनुहोस्