गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ



काठमाडौँ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको उल्लेख गर्दै आफूले कसैलाई आरोप नलगाएको बताएका हुन् ।

उनले भनेका छन-

शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने,

१) मैले कसैलाई कुनै आरोप लगाएको छैन । मिडियामा आएकै आधारमा समिति बनाउने र अझ व्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको।

२) हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन । प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ – छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभई बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ।
सार चाहिँ यत्ती नै हो,समाचार त के के आयो आयो !!!

प्रतिक्रिया दिनुहोस्