गृहमन्त्री लामिछानेलाई कारवाही गर्न सांसद गुरुङको माग

1.79k
Shares

काठमाडौँ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लगाएको आरोप तथ्यहीन भएको भन्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै लामिछानेमाथि संसद्को अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका छन् ।

अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसँगै पठाएका छन् ।

गृहमन्त्रीले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको गुरूङको भनाइ छ। ‘उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ सांसद गुरूङले भनेका छन्।