नदीमा बेपत्ता दुईको खोजीका लागि गोताखोर परिचालन



कञ्चनपुर।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाटस्थित महाकाली नदीमा बेपत्ता भएका बिष्णु सुनारको खोजीकार्यको लागि गोताखोर टोली परिचालन भएको छ ।
सोही नगरपालिका–६ नारायणी चौराहा बस्ने १६ बर्षिय बिष्णु सुनार जेठ ५ गते नुहाउने क्रममा महाकाली नदीमा बेपत्ता भएको खवर पाएपछि नं. ७ बैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट गोताखोर सहितको ७ जनाको टोली खोजीकार्यको खटिएको हो ।

यसैगरी स्याङ्गजा जिल्लाको गल्याङ नगरपालिका–५ सेतीवेणीस्थित कालीगण्डकी नदीमा हामफाली बेपत्ता भएका टेकप्रसाद डुम्रेकोे खाजीकार्यको लागि नं. २४ कालिका गण कास्कीबाट गोताखोर टोली परिचालन भएको छ ।

सोही जिल्लाको वालिङ नगरपालिका– १४ डुम्रे भञ्ज्याङ बस्ने ५६ बर्षिय डुम्रे जेठ ६ गते बिहान करिब ५ः३० बजेको समयमा नदीमा हामफाली बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्