प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद् अवरोध गरेको घटनाको मूल्य चर्को पर्नेछ



काठमाडौँ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली विश्वासको मत लिँदा संसद् अवरोध गरेको घटना कांग्रेसलाई मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यो मूल्य चर्को पर्ने चेतावनी दिएका हुन् ।

उनले भने- तपाईँहरूले बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक तपाईहरुलाई साथ दियो, त्यो प्रधानमन्त्रीलाई संविधान अनुसार विश्वासको मत दिन नदिएर तपाईँहरूले नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । आजको तपाइँहरुको यो गतिविधि राम्रो सँग कलंकको रुपमा स्थापित हुने छ ।’

प्रतिक्रिया दिनुहोस्