गृहमन्त्री लामिछानेलाई नधम्क्याउन र नतर्साउन चेतावनी



काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेलाई नधम्क्याउन र नतर्साउन चेतावनी दिएका छन् ।

आइतबार संसद् भवन परिसरमा पत्रकार सम्मेलन गर्दै थापाले यस्तो चेतावनी दिएका हुन् ।  उनले पद र शक्तिमा भएको गृहमन्त्रीले छानबिन समिति बनाए सबैको फाइल खोल्दा हुने बताए । उनले गृहमन्त्री भएर ‘फाइल खोल्दिम भनेर धम्काउने होइन के छानबिन गरौं भनेर धम्काउने होइन’ भन्दै टिप्पणी गरे ।

उनले आज सदनमा गृहमन्त्रीले बहकाउन खोजेको भन्दै आफू नबहकिने उल्लेख गरे । “तपाईं गृहमन्त्री हुनुहुन्छ राजीनामा मागेको पनि छैन । तपाईं शक्तिशाली हुनुहुन्छ,” उनले भने । साथै उनले ह्यात, बालमन्दिरलगायतको फाइल खोल्न पनि अनुरोध गरे । “ह्यातको फाइल खोल्नुहोस्, बालमन्दिर कृषि अनुसनधानको विषय भन्नुभयो सबै खोल्नुहोस् । सबै छानबिन गर्नुहोस्,” उनले भने, “नधम्क्याउनुहोस्, नतर्साउनुहोस् नअलमल्याउनुहोस् ।”

प्रतिक्रिया दिनुहोस्