जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘आमा बचाऊ”



काठमाडौं ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा अध्यक्ष भक्तध्वज बोहराले आर्थिक अभावका कारण उपचार गर्न नसकी कुनै पनि आमाहरूले अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन् ।  गत शनिवार भक्तपुर जिल्ला अस्पतालमा बिरामीहरूको अवस्था बुझ्न आएका गाउँपालिका अध्यक्ष बोहराले आमाहरूले अकालमा ज्यान गुमाउनु नपर्ने बताएका हुन् ।

धेरैजसो आमाहरूले आफ्नो रोगका बारेमा खुलेर भन्न नसक्दा अकालमा ज्यान गुमाउनु परेको अवस्था रहेको सुनाउँदै त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘आमा बचाऊ” अभियान सञ्चालन गरेका छौँ । यस कार्यक्रममा उत्साहजन सहभागि रहेको बोहरा जानकारी दिए ।

यस कार्यक्रमअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयम्सेविकाहरूमार्फत महिलाहरूको स्वास्थ्यको अवस्थाबारे बुझ्ने काम गरिन्छ । त्यसपछि वडास्तरीय स्वास्थ्य सेवा केन्द्रमार्फत स्त्री रोगसम्बन्धी स्क्रीनिङ र उपचार शिविरमा करीब ५०० जना आमाहरूको सहभागिता रहेको थियो । शिविरबाट आङ खस्ने समस्याको अप्रेसन गर्नुपर्ने बिरामीको छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी निशुल्क रुपमा उपचार गर्ने गरिन्छ ।

आर्थिक स्थिति कमजोर भएका महिलाहरूलाई विशेष प्राथमिकता दिइने गरेको स्वाथ्यकर्मी चन्द्रनारायण साह बताए । उनका अनुसार गत वर्ष हामीले परोपकार प्रसूती गृह थापाथलीको अस्पतालमा लगेर उपचार गरेको थियो भने यसपटक भक्तपुर अस्पतालमा लगेर अप्रेसन गरेका छौँ । उनका अनुसार अहिलेसम्म गत वर्ष आङ खस्ने समस्या भएका २१ जना आमाहरूको अप्रेसन गरेका थियो भने यसपटक २६ जना आमाहरूमध्ये १४ जनाको अप्रेसन सम्पन्न गरिसकेका छौँ भने ४ जना आमाहरूको अप्रेसन प्रक्रियामा रहेको बताए।

अमाहरुका अनेकन समस्या हुन्छिन्, त्यसमा पनि ग्रामीण जनजीवन र समुदायका आमाहरुको समस्या अरुभन्दा भिन्न प्रकारका छन्, त्यसैकुरालाई मध्यनजर गरेर आमा बचाउ” अभियान गाउँपालिकामा सुभारम्भ गरिएको त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष गीताकुमारी नेपाल बताए । गाउँपालिका र वडाको समस्याहरू उस्तै खालका हुने भएकाले हामीले आमाहरुलाई बचाउनुपर्छ भनेर ‘आमा बचाउ’ अभियान विगत वर्षदेखि सञ्चालन गरेको धारणा राखेका – त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष टेकबहादुर गुभाजु   जनाकारी दिएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका आमाहरूले स्त्री रोगसम्बन्धी त्रिपुरा सुन्दरी गाउँपालिकाले गाउँपालिकाको कार्यक्रमअन्तर्गत ‘आमा बचाऊ’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिएका हौँ । त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिका धोर्थली सामुदायिक स्वास्थ्य केन्द्रका कार्यरत अनमी सावित्री विके गाउँपालिकाको यो अभियानमा आफू संलग्न भई आमाहरूको सेवा गर्ने मौका पाउँदा आफू ज्यादै खुशी भएको बताउँदै यस्ता कार्यक्रमहरूलाई गाउँपालिकाले निरन्तर रुपमा सञ्चालन गरिरहेकोले विगतका वर्षहरूभन्दा आमाहरूले आफ्ना समस्याहरूलाई खुलेर भन्ने र अप्रेसनपश्चात आफूले पुनर्जन्म पाएको अनुभव हामीसँग अनुभव साट्दा पुण्यकर्ममा सामेल हुन पाउँदा आफूलाई गर्व हुने अनमी विक बताइन् ।

प्रतिक्रिया दिनुहोस्