युवा अवस्थामै मस्तिष्कघात देखिनु चिन्ताको विषय : उपराष्ट्रपति यादव



काठमाडौँ। 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले  नेपालमा युवा अवस्थामै मस्तिष्कघात देखिनु चिन्ताको विषय भएको  बताएका छन्।  ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई आईतबार सम्बोधन गर्दै उनले चिन्ता व्यक्त गरेका हुन्।

उनले भने –‘हाम्रो देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो’ ‘यो डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक छ ।’
उनी भन्छन् –मानिसको अव्यवस्थित जीवनशैली रोगहरू बढ्नुको मुख्य कारण भएको छ । ‘आरामदायी जीवनशैली, धुमपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । आम नेपालीले आफ्नो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ ।’ ‘नियमित व्यायाम, स्वास्थ्यकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’

उनले न्यूरोसँग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अङ्गमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नुपर्छ । ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ ले न्यूरोलोजीसँग सम्बन्धित रोगको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्या पहिचान गर्न र समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्