धनुषाबाट चार जना किशोर किशोरी उद्धार



काठमाडौं ।

धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो ।

नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माईती नेपालको टोलीले उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्