कार्यदलको बैठकमा जुटेन सहमति, सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा



काठमाडौं ।

सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए ।

परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिए ।

त्यस्तै रास्वपाका सांसद शिशिर खनालले सबै आ-आफ्नो अडानमा रहेको बताउदै समिति बनाउदा व्यक्तिको नाम राखेर छानबिन गर्नु न्यायसंगत नहुने आफूहरुले धारणा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्