प्रतिनिधिसभाको बैठक दोस्रोपटक सर्‍यो



काठमाडौँ।

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ ।

आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि ४ः३० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरुको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे दलहरू सहमत भए पनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन । छानबिन समितिको कार्यादेशबारे अहिले पनि दलहरू छलफलमै छन् ।

प्रतिक्रिया दिनुहोस्