एमाले भक्तपुरको अध्यक्षमा पुनः देउजा निर्वाचित



भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन् । ९ औं जिल्ला अधिवेशनबाट देउजा कुल ४९१ मध्ये २९० मत प्राप्त गरि विजयी भएका हुन्  । देउजा  यसअघि पनि जिल्ला पार्टी अध्यक्ष थिए।

अधिवेशनका लागि दुई वटा समूहले प्यानलनै बनाएर उमेदवारी दिएका थिए । आइतवार बिहान सम्पन्न भएको मतपरिणाम अनुसार कमिटीको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालाई हराउँदै बागमती प्रदेश सभा सदस्य किरण थापा निर्वाचित भएका छन् ।
सचिवमा विष्णु तामाङ ,महिला उपसचिवमा उत्तरा नेपाल र पुरुष उपसचिवमा सानुकाजी कायस्थ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्