अन्ततोगत्वा एमाले टिमगत प्रतिस्पर्धामा 



बाजुरा।  

  नेकपा एमाले जिल्ला कमिटी बाजुराको नयाँ नेतृत्व चयनका लागि अन्ततोगत्वा चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रेको छ।  नेकपा एमाले  जिल्ला कमिटी अध्यक्ष भरतवहादुर थापा र लालबहादुर ओलीको छुट्टाछुट्टै प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रेको हो । ९० सदस्यीय जिल्ला कमिटीका लागि  सदरमुकाम मार्तडी स्थित कर्वडहलमा आइतबार बिहान देखि मतदान सुरु भएको नेकपा एमाले निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

 दुई वटा  टिममा विभाजन भएको स्थायीकमिटी सदस्य कर्णवहादुर थापा पक्षीय टिमबाट भरतवहादुर थापा अध्यक्ष, मेघराज शाही उपाध्यक्ष, जनक विष्ट सचिव,मानबहादुर रोकाया (अर्जुन) उपसचिव र  कल्पना महत महिला उपसचिव लगायतको प्यानल र केन्द्रीय सदस्य  लालबहादुर थापा पक्षीय  टिमबाट  लालबहादुर ओली अध्यक्ष , उपाध्यक्ष जनक कुमार बोहरा, सचिव कांसी विक उपसचिव हरिवहादुर रोकाया र महिला सचिव राजकला सार्की सहितको प्यानल चुनावी प्रतिस्पर्धा छ ।

नेकपा एमालेको ९० सदस्य जिल्ला कमिटीका लागि ४३ जना सदस्य विभिन्न भूगोलबाट सर्वसम्मत निर्वाचित भईसकेका छन् । बाँकी पदाधिकारी तथा सदस्यका लागि मतदान हुँदै छ । ४३९ जना प्रतिनिधि मतदानमा भाग लिन पाउने  निर्वाचन कार्यालयले जनाएको छ ।

सहमतीय प्रयास विफल भएपछि  टिमगत कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । बाजुरा जिल बाट एकजना स्थायी कमिटी सदस्य लगायत चार जना केन्द्रीय सदस्य , प्रदेश कमिटी उपाध्यक्ष सचिव लगायतका उमाले नेता उक सातादेखि बाजुरा केन्दीत छन् । विशेष गरी केन्द्रीय स्तरका नेताको  जु)गाको लडाईका कारण एकले अर्काको अस्तित्व नस्वीकार्दा पार्टीको आन्तरिक निर्वाचनमा होमिनु परेको हो । मतदानमै जाँदा एमालेमा गुंटगत राजनीति प्रष्ट भयो एमाले एक नेताले भने ।

  आपसी प्रतिसपर्धा भैरहेको छ  दुर्ब समुहवीच टप प्रतिष्पर्धा हुनेछ । अहिले नै कस्को पल्लाभारमिा नेतृत्वजाने यसै भन्ने सकिने अवस्था र्छन । मतदाताले कस्लाई रुजाउँछन् उसैको नेतृत्वमा जिल्ला कमिटी बन्छ नेताले भने ।  तिन दिन भित्र समापन गर्ने पूर्व निर्धासित कार्यक्रम सहमतिको प्रयास गर्दा गर्दै  सात दिन पर धकेलिएको हो ।  दुइटै  प्यानल ओली समुहका भएता पनि जिल्लामा थापा द्वोयको आपसी द्वन्दका कारण एकले अर्कालाई स्वीकाने अवस्था रहेन त्यसको उपज निर्वाचन विधि अपनाइयो  एमाले नेता कार्यकर्ताको भनाई छ ।

  जेठ एक गतेदेखि  शुरु भएको नेकपा एमाले जिल्ला कमिटीको आठौं अधिबेशनले सर्वसहमतीका अनेक प्रयास गरेतापनि अन्ततोगत्वा निर्वाचनमै जानु परेको हो नेकपा एमाले नेता एवं सहमतिका उम्मेदवार भनिएका रंगमान शाहीले भने ।  मेरो नेतृत्वमा सहमतिको लागि अन्तिम विन्दुमा पुगिसेका थियौँ लालबहादुर ओलीजीले मान्नु भएन उनले भने । निर्वाचन सर्वोत्कृष्टउत्कृट विधि हो हार र जित स्वीकार्न सक्नु पर्छ नेता शाहीको भनाई छ ।
आजै मतदान सम्पन्न गरी भरे बेलुकी सम्म मतगणना भई सक्ने निर्वाचन श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्