आत्महत्या न्युनिकरण गर्न अन्तरक्रिया



उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले शनिबार गाईघाटको पिपलचोकमा प्रभात फेरी, सडक मटक, डकुमेन्ट्री तथा सांस्कृतिक कार्यक्रमका साथमा आत्महत्या युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार बिहान प्रभातफेरीब कार्यक्रमबाट शुरु भएको सो कार्यक्रम अन्तरक्रिया तथा डकुमेन्ट्री सिनेमा, सांस्कृतिक कार्यक्रम, सडक नाटक लगायतका मनोरञ्जनात्मक कार्यक्रमका साथ आयोजना गरिएको थियो ।

 कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक नाराहरु सहित सदरमुकाम गाईघाटमा प्रभातफेरीको आयोजना गरिएको थियो । कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक भिडियो (Documentary) सडक नाटक, Story Telling र सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको प्रमुख आतिथ्यमा भएको सो अन्तरक्रिया कार्यक्रममा बस्नेतले कार्यक्रमका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालन गरिरहेका सचेतनामुलक कार्यक्रमहरुमा नगरपालिका तथा व्यक्तिगत तर्फबाट साथ र सहयोग भईरहेने साथै आत्महत्या प्रमुख चुनौतीको रुपमा देखा परेको हुँदा यसको रोकथाम तथा न्यूनिकरणको लागी थप कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनु भयो ।

 आत्महत्या न्युनिकरणकालागि समाजले नै पहिलो भूिमका खेल्नु पर्ने र आत्महत्या बढ्नुमा समाजको वा परिवारको पनि कुनै कारण छ भने त्यो सबैकालागि घातक हुने र आत्महत्या हुन नदिने तर्फ सबै सचेत हुनु पर्ने प्रमुख अतिथि बस्नेतले बताए ।

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले आत्महत्या यस जिल्लाको प्रमूख चुनौतीहरुमध्ये रहेको, यस चुनौतीलाई रोकथाम तथा न्यूनीकरण गर्नका निमित्त सम्पूर्ण निकायहरु एकजुट भएर अभियान संचालन गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट संचालित सचेतना मुलक कार्यक्रमहरुमा स्थानीय तह, जनप्रतिनिधीहरु, सरोकारवाला निकायहरु, संघ संस्थाका प्रमुखहरु एवं प्रतिनिधीहरुबाट प्राप्त भईरहेको साथ र सहयोगको लागी धन्यवाद समेत प्रदान गर्नु भएको ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईले उदयपुरमा विगत बर्ष २०७८-७९ मा ३२ जना महिला र ६२ पुरुष गरि ९४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको थियो भने ०७९÷०८० मा ३८ महिला र ६८ पुरुष गरि १०६ जना आत्महत्या गरेको तथ्यांकमा जनाइएको थियो । त्यसै गरि चालु आर्थिक बर्षको बैशाख ३१ गते सम्ममा ४१ महिला र ५५ पुरुष गरि ९६ जनाले आत्महत्या गरेको विवरण प्रस्तुत गरेको थिए ।

कार्यक्रमका अध्यक्ष हरिप्रसाद घिमिरेले अन्य कार्यक्षेत्रहरुमा भोगेका अनुभवहरु आदन प्रदान गर्नुभई जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापालाई कार्यक्रमको आयोजनाको लागी धन्यवाद ज्ञापन गर्नुका साथै आत्महत्या नगरौ, जिवनलाई सुन्दर बनाऔं भन्ने सन्देश समेत दिनु भएको ।

साथै कार्यक्रममा ऋःऋ नेपाल उदयपुरको तर्फबाट बरिष्ठ मनोपरामर्शदाता रंञ्जना ताजपुरीया र जिल्ला अस्पताल उदयपुरका मनोचिकित्सक डा रंदिप राउतज्यूले मनोपरामर्श तथा उपचार बिधीको सम्बन्धमा उपस्थित मानिसहरुलाई जानकारी प्रदान गर्नुभएको थियो र कार्यक्रममा पत्रकार महासंघ उदयपुरका जिल्ला अध्यक्ष भरत खड्का त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राई समेतले मन्तव्य राख्नु भएको थियो भने आत्महत्या प्रयास गरी असफल भएका व्यक्तीहरुले आफ्नो भनाईहरु समेत आदन-प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्