उदयपुरमा यस वर्ष ९६ जनाले गरे आत्महत्या



उदयपुर । 

उदयपुरमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा आत्महत्या न्युनिकरण सम्बन्धि चेतना कार्यक्रम सम्पन्न गरिएको छ भने यस वर्ष ९६ जनाद्धारा आत्म हत्या गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रमुख जिल्ला अधिकारी हरि घिमिरेको अध्यक्षतामा कार्यक्रमको आयोजना गर्दै आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतना मुलक फैल्याउने प्रयास गरेको हो ।

उदयपुरमा गत बर्ष २०७८-७९ मा ३२ जना महिला र ६२ पुरुष गरि ९४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको थियो भने ०७९-०८० मा ३८ महिला र ६८ पुरुष गरि १०६ जना आत्महत्या गरेको तथ्यांकमा जनाइएको थियो । त्यसै गरि चालु आर्थिक बर्षको बैशाख ३१ गते सम्ममा ४१ महिला र ५५ पुरुष गरि ९६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक नाराहरु सहित सदरमुकाम गाईघाटमा प्रभातफेरीको आयोजना गरिएको थियो । कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक भिडियो (Documentary) सडक नाटक, Story Telling र सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईले उदयपुर जिल्लामा आत्महत्याको अवस्था र तथ्याङक प्रस्तुत गर्नु भएको थियो आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम मार्फत यसको न्यूनीकरणको उपाय बारे चर्चा गरिएको थियो । आत्महत्या न्यूनीकरण गर्न सबै पक्ष, समुदाय लाग्नु पर्नेमा बक्ताहरुको जोड थियो ।

कार्यक्रम त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, वडा अध्यक्षहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, संस्घ सस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्