सत्तारुढ दल र कांग्रेस नेताहरुबीच बालुवाटारमा छलफल



काठमाडौं।

बालुवाटारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेताहरुबीचछलफल सुरु भएको छ । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच उक्त बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको छलफलमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्