खोकनाका गुरुङको घारमा चोरी गर्ने समूह पक्राउ



काठमाडौँ।

ललितपुरमा चोरी गर्ने सहूका व्यक्तिहरू पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
गुरुङको घरबाट वैशाख ७ गतेदेखि ९ गतेको बीचमा सुन-चाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन् ।

उनीहरूलाई फरक-फरक दिन फरक-फरक ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीको भनाई छ।

बरामद भएका सामानहरुको विवरणः-

  • सुन जस्तो देखिने पहेलो धातुको सिक्रि थान-१
  • रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने धातु थान-१
  • बिभिन्न रंगका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको रानीहार थान-२
  • बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो रङ्गको धातुको चोक्कर थान-५
  • बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको पेण्डल थान -४
  • बिभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रहार थान -४
  • रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको लकेट थान-१
  • रातो रङ्गको पोते जडित सुन जस्तो देखिने पहेलो धातुको पाँचगेडि थान-१
  • रातो क्रिष्टल जडित सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-१
  • सुन जस्तो देखिने पहेलो धातुको सानो ठूलो तिल्हरी थान-३
  • सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा थान-२
  • सुन जस्तो देखिने पहेलो धातुको झुम्का थान-२
  • सुन जस्तो देखिने पहेलो धातुको सानो झुम्का थान-४
  • सुन जस्तो देखिने पहेलो धातुको टप थान-२
  • सुन जस्तो देखिने पहेलो धातुको पत्थर जडित नथ्थि थान-२
    चाँदी जस्तो देखिने पातलो पत्ता थान-३
  • बिभिन्न दरका नेपाली नोटहरु गरी जम्मा नेपाली रुपैया २४,४२०
  • REDMI कम्पनिको REDMI 12 स्क्रिन टच मोबाईल थान-१

प्रतिक्रिया दिनुहोस्