रोनाल्डो सर्वाधिक धनी खेलाडी



काठमाडाैं  । 

फोब्र्सको सबैभन्दा कमाउने खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । फोब्र्सको सूचीमा रोनाल्डो करियरमा चौथो पटक सर्वाधिक धनी खेलाडी बनेका हुन् । उनी गत वर्ष साउदी अरेबियाको फुटबल क्लब अल नासरमा आबद्ध हुँदा पनि शीर्ष स्थानमै थिए ।

बिजनेस म्यागाजीन फोब्र्सले जनाएअनुसार ३९ वर्षीय पोर्चुगिज खेलाडीले २६० मिलियन डलर कमाएका छन् । रोनाल्डोका प्रतिद्वन्द्वी खेलाडी लियोनल मेसी भने तेस्रो स्थानमा झरेका छन् । अर्जेन्टिनाका महान खेलाडी मेसी स्पेनी गल्फर जोन राहमभन्दा पछाडि परेका हुन् । राहमले २१८ मिलियन डलर कमाउँदा मेसीले १३५ मिलियन डलर आर्जन गरेका छन् ।

फुटबलरहरू नेयमार र करिम बेन्जेमा साउदी प्रो लिगमा पुगेपछि शीर्ष १० मा अटिएका छन् । फोब्र्सको अनुसार पछिल्ला १२ महिनामा कमाएको आधारमा शीर्ष १० सर्वाधिक धनी खेलाडीको सूची तयार गरेको हो ।
२०२४ का शीर्ष १० धनी खेलाडी (मिलियन डलरमा)
१. क्रिस्टियानो रोनाल्डो, फुटबल २६०
२. जोन राहम, गल्फ २१८
३. लियोनल मेसी, फुटबल १३५
४. लेब्रन जेम्स, बास्केटबल १२८
५. गियानीस एन्टेटोकुनम्पो, बास्केटबल १११
६. किलियन एम्बाप्पे, फुटबल ११०
७. नेयमार, फुटबल १०८
८. करिम बेन्जेमा, फुटबल १०६
९. स्टेफेन करी, बास्केटबल १०२
१०. लामार ज्याक्सन, अमेरिकी फुटबल १००.५

प्रतिक्रिया दिनुहोस्