सन्तोषीले पेरिस ओलम्पिक्स खेल्ने



काठमाडौं ।

सन्तोषी श्रेष्ठले युनिभर्सियालिटी कोटामा पेरिस ओलम्पिक खेल्ने भएकी छन् । १३ औं सागमा पदक जितेकी सन्तोषीले उक्त प्रतियोगिताको म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी ) र नेपाल एथलेटिक्स संघबाट युनिभर्सियालिटीका लागि सन्तोषीको सिफारिस गरेका हुन् । पेरिस ओलम्पिकमा युनिभर्सियालिटी कोटामा खेल्ने उनी दोस्रो नेपाली खेलाडी हुन् । केही दिनअघि ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्ने तय भएको थियो ।

गत वर्षबाट म्याराथनमा डेब्यू गरेकी सन्तोषीले डेब्युमै स्वर्ण पदक जितेकी थिइन् । उनी गत वर्ष बंगलादेशमा भएको बंगबन्धु म्याराथनको दक्षिण एसियालीतर्फ विजेता बनेकी थिइन् । उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्