नेता कार्यकर्तालाई मुलधारमा फर्किना उपेन्द्र यादवको आव्हान



काठमाडौँ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर गएका नेता कार्यकर्तालाई मुलधारमा फर्किन आव्हान गरेका छन् । यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालबाट अलग भएर गएका नेता कार्यकर्तालाई पार्टीको मुलधारमा फर्किन आव्हान गएका हुन् ।

उनले भनेका छन्- जसपा नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी हो ।

जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराईर मधेशबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्न संगठन भएकोले पार्टीको काधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहदै समाजवादी आन्दोलन, पहिचान, संघियता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानु भएका साथीहरुलाई गलत बाटो छोडेर आफ्नो मुलधारको जसपा नेपालमा फर्किन आव्हान गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्