लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

2.6k
Shares

काठमाडौँ।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (ट्विन ट्यूब टनेल)को ‘ब्रेक थ्रु’ भएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (ट्विन ट्यूब टनेल) मध्ये १,६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ‘ब्रेक थ्रु’ गरिएको हो ।

द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये दुवै तर्फको (ट्विन ट्यूब टनेल) सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ‘ब्रेक थ्रु’ गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।