प्रधानमन्त्री र सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु 

3.76k
Shares

काठमाडौँ। 

सरकारले प्रधानमन्त्री र सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।  बिहीबार (जेठ ३)  बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

त्यस्तै, सरकारले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर (कैद कट्टा) तेस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।