प्रचण्ड नेतृत्वको सरकार अलोकतान्त्रिक छ, अधिनायकवादको बाटोमा छ : डिला सङ्ग्रौला

210
Shares

रामेछाप ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सग्रौलाले प्रचण्ड नेतृत्वको सरकार अलोकतान्त्रिक र अधिनायकवादको बाटोमा रहेको आरोप लगाएकी छन्  । शुक्रबार  प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमका बोल्दै सग्रौलाले यो सरकारले  लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएकी छन्  ।

प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षमामा भएको पत्रकार सम्मेलनमा उनले सहकारी पीडितले न्याय पाउनु पर्ने बताइन्  । सरकारका गृहमन्त्री विरुद्ध सहकारी ठगीका प्रमाण काँग्रेसले पेस गर्दा पनि संसदीय छानबिन समिति नबनाएको भन्दै अक्रोस् समेत व्यक्त गरिन । काँग्रेसको अन्तिम वटमलाइन नै संसदीय छानबिन समिति रहेको बताउँदै समिति नबने सम्म संसद् अवरुद्ध गर्न नछोडिने बताइन् ।

महिला सङ्घको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेकी नेतृ सङ्ग्रौलाले ठुला–ठुला सुन काण्ड, सरकारी जग्गा हडपेका काण्डहरू सबैको फाइल खोल्न काँग्रेस तयार रहेको जिकिर गर्दै स्टनबाजीको पछि नलाग्ने बताइन्  । काँग्रेस भ्रष्ट्राचार विरोधी अभियानमा रहेको बताउँदै सबै फाइल खोले काँग्रेसले सरकारलाई सहयोग गर्ने बताइन् । तर, जबरजस्ती गरेर काँग्रेसलाई पेल्न खोजे राणासँग नडराएको पार्टी यो सरकार सँग डराउँदैन भनिन् ।

त्यस्तै अर्को प्रसङ्गमा सग्रौलाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम हावादारी¸ कर्मकाण्डी र परम्परागत रहेको बताइन्  । यो नीति तथा कार्यक्रमले सत्तापक्षका कार्यकर्ता पोस्ने काम भएको समेत आरोप लगाइन् ।

नेपालले वार्षिक ३ खर्वको समान आयत गरी रहेको बताउँदै सरकारको नीति तथा कार्यक्रममा उत्पादन र निर्यातका कार्यक्रम रहेको बताइन्।