संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ 

238
Shares

काठमाडौँ। 

कांग्रेस निकट  विद्यार्थी संगठन नेविसंघले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै  संसद् भवन अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा करिव एक दर्जन प्रदर्शनकारी पक्राउ परेका छन्।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदनमा अवरोध गर्दै  आएको छ।

गृहमन्त्री रवि लामिछानेले भने  आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।