तीन सीडीओको सरुवा, बाँकेमा खगेन्द्र रिजाल

672
Shares

काठमाडौँ।

गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

जसमा  जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । उनी बागलुङमा कार्यरत थिए ।

बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।