संवाहिका समाज नेपालद्वारा २०८१ क्यालेन्डर सार्वजनिक



काठमाडौं । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले विभिन्न सञ्चारमाध्यममा आबद्ध महिला पत्रकार समाजका लागि फरक दृष्टिले योगदान दिन सङ्गठित भएको भन्दै खुसी व्यक्त गरेका छन् ।  संवाहिका समाज नेपालद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डर सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सचिव काफ्लेले समाजद्वारा बिहीबार राजधानीका आयोजित क्यालेन्डर सार्वजनिक एवं शुभकामना आदान–प्रदान कार्यक्रममा पत्रकारले समाचार,लेख-रचनामार्फत समाजका लागि  सकारात्मक  सन्देश दिने काम गर्दै थप सामाजिक काममा पनि सरिक हुन सकिन्छ भन्ने सन्देश दिन सफल हुने विश्वास व्यक्त गरे ।

साथै आगामी दिनमा समाज र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्नका लागि आफूले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।सो अवसरमा मध्य पश्चिम विश्वविद्यालयका उपप्राध्यापक एवं संवाहिका समाजका सल्लाहकार युवराज पौडेलले समाजमा रहेको विसङ्गती-कुरिती विरूद्ध कलम चलाएर जागरण फैलाउने महिला पत्रकार सामूहिक हितका लागि जुट्नु सह्रानीय कार्य हो भने । उनले संस्था स्थापना गर्नु भन्दा त्यसलाई निरन्तरता दिनु पनि उत्तिकै चुनौतीपूर्ण कार्य रहेकोले काम गर्दै जाँदा सबै विषयमा एकमत नहुन सक्छ तर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक निर्णयमा विश्वास गर्दै अगाडि बढ्न शुभकामना दिए ।

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष बद्री तिमल्सिनाले छापा, अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा काम गर्दै हासिल गरेको अनुभव-विज्ञतालाई समाजका लागि उपयोग गर्नका  एकताबद्ध महिला पत्रकारको समूहले सामाजिक काममा पनि अर्थपूर्ण क्रियाकलापसहित सहभागिता जनाउने विश्वास व्यक्त गरे ।

उनले पत्रकारिता कर्म नै समाजका लागि हो, साथै लेखनभन्दा फरक अभ्यास-प्रयासले पनि नेपाली समाजको उत्थानका लागि काम गर्न सकिने उदाहरण संवाहिका समाजले दिदैं अगाडि बढ्नु भन्दै शुभकामना  दिए ।  सपोर्ट नेपालका अध्यक्ष रोशना खड्काले संवाहिका समाज नेपालले आफ्नो क्रियाकलापमा  समानुपातिक अवधारणालाई समेत पछ्याउने प्रयास गरेकोमा भन्दै खुसी व्यक्त गरे । उनले आफू लामो समयदेखि विभिन्न संस्थाको नेतृत्वमा रहेर मानवअधिकार, महिला-बालबालिकाको अधिकारका साथै मानवअधिकारको रक्षाका लागि समेत वकालत गर्दै आएकोमा आगामी दिनमा समाजसँग सहकार्य गर्न सकिने विचार व्यक्त गरे

आत्मन  हस्पिटल र हिलिङ सेन्टरका व्यवस्थापन निर्देशक साधना थापाले आजको भाग दौड-प्रतिस्पर्धालाई प्राथमिकता दिने समाजमा मानसिक स्वास्थ्यको अवस्था निक्कै खस्किँदै गएको विचार व्यक्त गर्दै सेन्टरले  मानसिक र शारीरिक स्वास्थ्य क्षेत्रमा काम गर्दा संवाहिका समाजसँग पनि जोडिने बताइन्। उनले सेन्टरका गतिविधिमा पनि समाजका संलग्नता चाहेको र मानसिक स्वास्थ्य शिक्षाबारे जागरण फैलाउन पत्रकारको सहयोग लिने कामका लागि सहकार्य गर्ने बताइन्।

समाजका अध्यक्ष चाँदनी हमालले पत्रकारिता क्षेत्रमा विगत २५ वर्षदेखि आफू संलग्न रहेको र समाजमा आबद्ध सबै पदाधिकारी र सदस्यले पत्रकारितामा बटुलेको अनुभव, ज्ञान-सिप नयाँ पिडीलाई दिन, अन्य सामाजिक कर्मका लागि संवाहिका समाज नेपालमार्फत ऐक्यवद्ध भएको बताइन् ।

उनले  खानी तथा भूगर्भ विभागसँग सहकार्य गरेर वैशाख १२ गते आयोजित भूकम्पीय जोखिमबाट बच्न सचेतनामूलक वृहत् फोटो प्रदर्शनीमा विभिन्न दृष्टिले सहयोग गरेका संस्था र व्यक्तित्वहरूलाई प्रसंसापत्र पनि प्रदान गरिएको थियो ।  सो अवसरमा सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधी एवं समाजका सल्लाहकार कल्पना केसीले विविध सहयोगसहित उपस्थित जनाए,भने पोषणविद् सुजा मोक्तानलगायतका व्यक्तित्वहरूको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्