बटुवाका सुन लुट्ने २ जना पक्राउ

22.09k
Shares

बुटवल । 
रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका लगाएतका विभिन्न ठाउमा बाटोमा हिन्ने बटुवाहरुवाट घाटिमा लगाएको सुनका गहना लुटि लाने २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।
उनीहरुले वाटोमा हिडने वटुवाहरुको घाटी र हातमा लगायका सुनका गहना लुटी फरार हुने गरेको सुचनाको आधारमा कार्यालयबाट सुछ्म रुपमा निग्रानी गरी अनुसन्धान गर्दै जाने क्रममा रूपन्देही बुटवल उप– महानगरपालिका वडा नं. १० कालिका चोक स्थितबाट लुटपाटमा संलग्न कबिराज खड्का र सुरेन्द्र अमात्यलाई दसी सहित पक्राउ गरी चोरी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान  अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बुटवलका  प्रहरी नायव उपरिक्षक  विजय राज पंडितले बताउनु भयो ।