बुद्ध जयन्ती एवं लुम्बिनी दिवस वजेट अभावमा तयारी ढिला



बुटवल   । 
विगतका वर्षहरुमा एक महिना अघि देखि बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउने रौनक देखिन्थ्यो । तर यस वर्ष  बजेट अभाव भएको भन्दै २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८१ ओझलमा परेको छ ।
बुद्ध जयन्ती मनाउने दिन एक साता वांकी रहदा मात्र कोषले यस वर्षलाई डेढ करोड खर्च गर्ने गरि तयारी थालेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराईले बजेटको सुनिश्चितता नभएको कारण ढिलो गरि मात्र तैयारी गरिएको बताउनुभयो ।
गत वर्ष सम्म बुद्ध जयन्त्री मनाउन अनुदानकै रुपमा बजेट आउने गरेको थियो । यस वर्ष त्यो छुटेको कारण कोषलाई अन्यौल भएको भट्टराईले बताउनुभयो । उहाले नेपाल सरकारबाट एक करोड र कोषको आन्तरिक खर्चबाट ५० लाख गरि डेढ करोडको खर्चमा बुद्ध जयन्ती मनाउने तैयारी भर्खरै मात्र गरिएको बताउनु भयो ।
यारी ढिलो भएको कारण यस पटक विदेशी पाहुना आउने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो । यद्दपी केही राजदूतहरु भने कार्यक्रममा आउने भट्टराईले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि भने प्रधानमन्त्री पुष्प कमल दहाल “प्रचण्ड” रहने निश्चित भएको उहाले जानकारी दिनुभयो ।
मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १० गते उदघाटन गर्ने कार्यक्रम तय भएको छ । विगत वर्ष देखि नै गौतमबुद्ध संग जोडिएका तिनवटै जिल्लामा बुद्ध जयन्ती मनाईने गरिएको छ । यस पटक पनि बुद्धको मावली देवदह, रामग्राम, लुम्बिनी, तिलौराकोटमा विशेष कार्यक्रम गरि बुद्ध जयन्ती मनाउने तैयारी  छ ।
यस्तै नवलपरासीको पाण्डितपुरदेखि रामग्राम सम्म अस्थिधातु यात्रा, ११ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा र कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्