मदन आश्रित स्मृति दिवसमा कैदीबन्दीको आँखा जाँच



उदयपुर ।

उदयपुरको सदरमुकाम गाईघाट स्थित जिल्ला कारागारमा मदन भण्डारी आँखा उपचार केन्द्रको सहयोगमा कैदी बन्दीहरुको निशुल्क आँखा जाँच गरिएको छ । मदन आश्रित स्मृति दिवसका दिन कारागार कार्यालय उदयपुरमा रहेका २२४ जना पुरुष र १२ जना महिला गरी २३६ जना कैदी बन्दीहरुको निशुल्क आँखा जाँच गरिएको हो ।

कारागार कार्यालयमा रहेका कैदी बन्दीहरुमा आँखा सम्बन्धी रोग निदानकालागि मदन भण्डारी आँखा उपचार केन्द्र गाईघाटको प्राविधिक सहयोगमा आँखा शिविर संचालन गरिएको र आवश्यकतानुसार औषधी र चश्मा पनि वितरण गरिएको हो । सो कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभाकी उप सभामुख सिर्जना दनुवारले राज्यले कैदीबन्दीहरुको स्वास्थ्य उपचारकालागि व्यवस्था गर्नु पर्ने र उनीहरुको बाँच्न पाउने तथा स्वास्थ्य उपचारको अधिकार प्रति सचेत भएर सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

सो निशुल्क आँखा शिविर कार्यक्रममा प्रदेशसभा सदस्य गीत रेग्मी, पूर्व प्रदेशसभा सदस्य अम्बिका थापा, त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी उपरिक्षक रमेश थापा, नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउत लगायतको उपस्थिति रहेको थियो ।

उदयपुर कारागारमा ५० जना पुरुष र १० जना महिला गरी जम्मा ६० जना कैदी बन्दी राख्ने क्षमता भए पनि २ सय ३६ जनालाई खाँदा खाँद गरेर राखिएको छ । कारागारमा स्वास्थ्य शिविर राख्न, व्यवसायिक प्रशिक्षण, तालिम दिनकालागि स्थानको अभाव त छदैछ कैदी बन्दीहरु सहज तरिका बस्न पनि नसक्ने अवस्था रहेको त्यहाँका कैदी बन्दीहरुले बताएका छन् ।

यस अघि कारागारको भवन सुधारकालागि पटक पटक नै माग गरिएको भए पनि सुनुवाई नभएको हुँदा क्षमताभन्दा बढी केदीबन्दी कारागार कोच्चिएर बस्न बाध्य भएको भएको र गर्मीका समयमा ज्यादै कष्टकर रुपले बस्नु परेको कैदीबन्दीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्