पुरानो घर फर्किए अधिकारी, रास्वपा पालिका कमिटि एमालेमा समाहित



धादिङ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रिय सभापति सहित टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । ३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा धादिङबेसीमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक कार्यशालामा रास्वपा छाडेर क्षेत्रिय सभापति सहितको नेत्रावती डबजोङ गाउँ पालिकाको सम्पुर्ण टोली एमालेमा प्रवेश गरेको हो ।

रास्वपा धादिङको निर्वाचन क्षेत्र नम्बर २ का सभापति उत्तम अधिकारी, नेत्रावती डबजोङ गाउँ पालिका समिति सभापति शुकबहादुर गुरुङ, सदस्यहरु सुजन मम्वा, कृष्ण लामा, शुकराम तामाङ, विशाल पाख्रिन लगायत रास्वपा पालिका कमिटि एमालेमा प्रवेश गरेको हो ।

पार्टी प्रवेश गर्नुभएका अधिकारी पुर्व एमाले कार्यकर्ता हुन् । अधिकारीले आत्मालोचना गर्दै एमालेमा रहेर जनताको पक्षमा समृद्धिका लागि काम गर्ने बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव बडालले रास्वपा टोलीलाई एमालेमा स्वागत गर्दै देशभर एकताको सन्देश दिएको बताउनुभयो । कम्युनिस्ट आन्दोलन एकताबद्ध र संगठित गरेर जनताको सेवामा काम एमालेलेमात्र गर्ने बडालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्