एक युवकमाथि प्रहरीले चलायो गोली



काठमाडौं ।

सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली हानेर नियन्त्रणमा लिएको छ। रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो।

 

प्रतिक्रिया दिनुहोस्