मदन नभएको भए कम्यूनिष्ट आन्दोलन यो रुपमा रहने थिएन: केशव बडाल



धादिङ ।

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशब बडालले मदन भण्डारी नभएको भए नेपालको कम्यूनिष्ट आन्दोलन विकशित भएर यो रुपमा नआउने बताउनुुभएको छ ।

नेकपा एमाले धादिङले ३१ औँ मदन आश्रित दिवसको अवसरमा आयोजना गरेको नेपालमा कम्यूष्निट आन्दोलनमा मदन आश्रितको योगदान विषयक कार्यशालामा यस्तो बताउनुुभएको हो । अनुशासन आयोगका अध्यक्ष बडालले जनताको बहुदलिय जानवाद दर्शन सिद्धान्त र नविन विचारको व्यवहारिक सिद्धान्त भएको बताउँदै एकतावद्ध कम्यूनिष्ट पार्टी मदन भण्डारीको पहलमा बन्दै गएको बेला उहाँको दुखद निधन भएको बताउनुभयो ।

पंचायत फाल्सिर्जना र संघर्षबाट ने २०४६को आन्दोलनमा कम्यूनिष्ट एकता मदनको पहलमा भएको, बाममोर्चा बनाउँदा अन्य पार्टीका नेतालाई प्रमुख बनाएर कम्यूनिष्ट एकता गरि नेपाली काँग्रेस समेतसंग वार्ता गरि पंचालयत अन्त्य भएको तथ्य उल्लेख गर्दै बडालले ठोस परिस्थितीको ठोस विश्लेषण गर्ने क्षमता र राजनेताको रुपमा आफूलाई स्थापित गरेको स्पष्ट पार्नुभयो ।

सिद्धान्त, संगठन, सिर्जना र संघर्षको उत्कृष्ठ जनताको बहुदलिय जनवाद भएकोले पछाडी परेका समूदायलाई सिरमा राखेर कम्यूनिष्टको आलोचनाको समयमा जबजको बिचारले पुनरजिवन दिएको उल्लेख गर्नुभयो । मदन भण्डारीको नेता तथा कार्यकर्ताहरुलाई धन, यौन र पदको लोभबाट जोगिएर जनताको लागि जनतासंग बसेर काम गर्न सँधै निर्देशन र आग्रह गरिरहनुभएको अनुुभव बडालले व्यक्त गर्नुभयो ।

जनताबाट अनुमोदित मदन भण्डारीलाई नेकपा उमाले खुल्ला भएपछिको पाँचौँ महाधिवेशन उद्घाटनको कार्यक्रममा मदन भण्डारीलाई बोल्न नदिएपछि जनताले मदन भण्डारीलाई बोल्न दिन माग गरेको बलालले मदन भण्डारी बारे चर्चा गर्नुभयो । कार्यक्रmमा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले देशको वास्तविक स्थिती बुुझेर ल्याएकोले अहिलेको अवस्थामा जबज लागुभएको बताउनुभयो ।
सामन्तबाद र साम्राज्यवादको विरोध गर्नेहरु मिलेर अघि बढ्नुपर्ने विचार मदनभण्डारीले प्रतिपादन गरेको जबज मदनभण्डारी वा एमालेकोमात्र विचार नभइ अहिलेका संसारका कमइुनिष्टहरुको साझा विचार भएको बताउनुुभयो ।

परिवर्तनको मार्ग दर्शन मदन भण्डारकिो अनुयायी अहिले केपि ओली भएको उल्लेख गर्दै देवकोटाले अहिले चलेको गुटबन्दीलाई मदन भण्डारीको विचार बोक्नेले अहिलेनै खारेज गरिदिएको बताउँदै प्रतिस्पर्दाबाट उत्कृष्ठ ठहरीएकाले नेतृत्व गर्ने र अल्पमतले सघाउने जबज अनुसार अभ्इास गर्नु पर्ने बताउनु भयो ।

नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेल, केन्द्रीय सल्लाहकार परिषदका सदस्य रामप्रसाद अधिकारी, नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन श्रेष्ठ लगायतले मदन भण्डारीको विचार सिघान्त, आश्रितको कुशल संगठन परिचालनबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको धादिङ क्षेत्र नम्बर २ का सभापति उत्तम अधिकारी एमालेमा प्रवेश गर्दै पार्टीमा बसेर जनताको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रास्वपा छाडेर नेत्रावती डबजोङ लगाउँपालिका कमिटि नै एमालेमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्