रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्‍यो, त्यत्ति हो मागेको



काठमाडौँ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने आफ्नो माग दोहोराएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले एक पटक बोल्न पाउनुपर्ने मात्र मागेको बताउँदै घिन लाग्दो मिडिया ट्र्याल भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ‘एक पटक बोल्न पाउनु पर्‍यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो  मिडिया ट्रायल ???’

कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । प्रधानमन्त्रीसहित सभामुखले पनि पटक पटक छलफल गरेर सहमतिको प्रयास गरेपनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्