यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय



काठमाडौँ। 

सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकूल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

यस्ता छन् निर्णयहरु 

१. जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने ।

२. नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री लोकनाथ पौडेललाई बढुवा गर्ने ।

३. नेपाल कृषि वन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने ।

४. नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा श्री प्रा. लेखनाथ शर्मालाई नियुक्त गर्ने ।

५. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा श्री संगिता खड्का (काठमाडौं)लाई नियुक्त गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्