पौड्याल र मिश्र सचिवमा बढुवा, नीति अनुसन्धान प्रतिष्ठानमा शर्मा



काठमाडौँ।

मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको बैठकले लोकनाथ पौड्याल र राजेन्दप्रसाद मिश्रलाई सचिवमा बढुवागरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पौड्याल मधेश प्रदेशका कामु सचिव र मिश्र कृषि तथा वन समूहमा सह–सचिव थिए । त्यस्तै सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्